Posts
Showing posts from May, 2020
- Get link
- X
- Other Apps

काठमाण्डाैँ,०५ जेठ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैँमा गरिएकाे परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएकाे हाे । उनीहरूमध्ये ७ जना राैतहटकाे इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का बासिन्दा रहेकाे मन्त्रालयले जनाएकाे छ । ती सबै संक्रमित पुरूष रहेका छन् । यसैगरी राैतहटकै माधवनारायण नगरपालिका वडा नं २८ वर्षीया १ महिला र बाराकाे करैयामाइ- ५ निवासी १ जना ३८ वर्षका पुरूषमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । अहिले उनी सबै स्वास्थ्यकर्मीकाे सम्पर्कमै रहेकाे र स्वास्थ्य अवस्था पनि सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ । यससंगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ४ पुगेकाे छ ।
- Get link
- X
- Other Apps
काठमाण्डौं – बाँके नरैनापुरका आइतबार बिहान निधन भएका युवकमा कोरोना भाइरस संक्रमण पोजेटिभ पाइएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ । नरैनापुर गाउँपालिकामा रहेको दीपेन्द्र माध्यमिक विद्यालयमा बनाइएको क्वरेन्टाइनमा बसेका युवाको आइतबार बिहान मृत्यु भएको थियो । भारतको मुम्बईबाट फर्किएका ती युवालाई वैशाख ३० गतेदेखि क्वारेन्टाइनमा राखिएको थियो । यसअघि नरैनापुरको सोही क्वारेन्टाइनमा राखिएका आठ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । अहिले पनि सो क्वारेन्टाइनमा ३८ जनालाई राखिएको छ । यो सँगै नेपालमा कोरोना भाइरस संक्रमणका कारण निधन भएकाको संख्या दुई पुगेको छ ।
- Get link
- X
- Other Apps

काठमाण्डाै, ०४ जेठ । काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ । बिहानै १० जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनीहरू सबै राैतहट निवासी रहेकाे मन्त्रालयकाे भनाइ छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणबाट उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये राैतहटकाे राजपुर न.पा. फरहदवा- ९ निवासी १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका ७ जना रहेका छन् । यसैगरी राैतहटकै इशनाथ न.पा.- ३ निवासी २८, ३० र ३३ वर्षका ३ जना रहेका छन् ।
बिश्वभर काेराेना संक्रमितकाे संख्या ३४ लाख नाघ्याे : एकैदिनमा १ लाख संक्रमित, ६ हजारकाे मृत्यु
- Get link
- X
- Other Apps

काठमाडाैं, २० वैशाख । विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट संक्रमित हुनेकाे संख्या ३४ लाख नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार शनिबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या २४ लाख २७८ पुगेकाे छ । काेराेना भाइरसका कारण ज्यान गुमाउनेकाे संख्या भने २ लाख ३९ हजार ५७० पुगेकाे छ । पछिल्लाे २४ घण्टामा मात्रै ९६ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् भने झण्डै ६ हजरकाे मृत्यु भएकाे छ । शुक्रबार बिहानसम्म काेराेना संक्रमितकाे संख्या ३३ लाख ४ हजार ३०९ थियाे भने मृत्यु हुनेकाे संख्या २ लाख ३३ हजार ८३९ थियाे । सङ्क्रमितमध्ये १० लाख ८१ हजार १५६ जना भने उपचारपछि घर फर्किएका छन् । अहिले विश्वभर २० लाख ७८ हजार बढी जनामा कोरोना भाइरस सक्रिय देखिएको छ । तीमध्ये ५१ हजार ३५१ जनाकाे अवस्था भने गम्भीर रहेको छ । कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ६५ हजार ७५३ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने ११ लाख ३१ हजार पुगेकाे छ । संक्रमितमध्ये एक लाख ६१ हजार ५६३ जना ...
मेराे पनि सानाे प्रयास रहेकाे छ हेरेर साथ दिनुहाेला ।
- Get link
- X
- Other Apps