काठमाण्डाैँ,०५ जेठ । राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला काठमाडाैँमा गरिएकाे परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएकाे हाे । उनीहरूमध्ये ७ जना राैतहटकाे इशनाथ नगरपालिका वडा नं २, ३, ६ र ९ का बासिन्दा रहेकाे मन्त्रालयले जनाएकाे छ । ती सबै संक्रमित पुरूष रहेका छन् । यसैगरी राैतहटकै माधवनारायण नगरपालिका वडा नं २८ वर्षीया १ महिला र बाराकाे करैयामाइ- ५ निवासी १ जना ३८ वर्षका पुरूषमा पनि काेराेना संक्रमण पुष्टि भएकाे छ । अहिले उनी सबै स्वास्थ्यकर्मीकाे सम्पर्कमै रहेकाे र स्वास्थ्य अवस्था पनि सामान्य रहेकाे मन्त्रालयले जनाएकाे छ । यससंगै नेपालमा काेराेना संक्रमितकाे संख्या ३ सय ४ पुगेकाे छ ।