काठमाण्डाै, ०४ जेठ ।
काेराेना भाइरस (काेभिड-१९) संक्रमितकाे संख्या २९१ पुगेकाे छ । बिहानै १० जना संक्रमित थपिएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ । उनीहरू सबै राैतहट निवासी रहेकाे मन्त्रालयकाे भनाइ छ ।राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँमा गरिएकाे परीक्षणबाट उनीहरूमा काेराेना संक्रमण पुष्टि भएकाे हाे । जसमध्ये राैतहटकाे राजपुर न.पा. फरहदवा- ९ निवासी १८ वर्षदेखि ४८ वर्ष उमेर समूहका ७ जना रहेका छन् । यसैगरी राैतहटकै इशनाथ न.पा.- ३ निवासी २८, ३० र ३३ वर्षका ३ जना रहेका छन् ।

Comments